दफा ३६
उद्योग, मद्दत वा दुरुत्साहन गर्न नहुने
(१) कसैले पनि यस ऐन विपरीतको कार्य गर्ने उद्योग गर्न वा त्यस्तो कसूर गर्न मद्दत वा दुरुत्साहन गर्न हुँदैन ।
(२) उपदफा (१) विपरीतको कार्य गर्ने व्यक्तिलाई कसूरदारलाई हुने सजायको आधा सजाय हुनेछ ।